Joshilopost


आइतबारदेखि भरी सिलिण्डर पाईने 


आइतबारदेखि भरी  सिलिण्डर पाईने 

दाङ । नेपाल आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री वितरण गर्ने भएको छ ।  । निगम सञ्चालक समितिको बैठकले १४.२ किलो पूरै भरी को सिलिण्डर ग्यास बिक्रीवितरण खुला गर्ने निर्णय गरेको हो ।निगमका प्रवक्ता विनितमणि उपाध्यायका अुनसार बिहीबारदेखि नै उद्योगीलाई ग्यास भर्न दिइने छ । पछिल्लो केही दिनयता आधा सिलिण्डर ग्यासको बिक्री कम भएको जनाउँदै उद्योगीले भरी ग्यास वितरणका लागि निगमसँग आग्रह गरेका थिए ।उद्योगीको माग र भण्डारगृह भरिएकाले निगमले भरी सिलिण्डर बिक्रीको निर्णय गरेको उहाँले बताउनुभयो । बजारमा ग्यासको अभाव सिर्जना भएको जनाई निगमले यही चैत १६ गते अपराह्न १ बजेदेखि आधा ७.१ किलोको ग्यास सिलिण्डर बिक्री गर्न उद्योगलाई निर्देशन दिएको थियो ।नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले सबै कम्पनीका ग्यास भण्डारगृह भरिएर बुलेटमै ग्यास राखिँदै आएको बताउनुभयो । उहाँका अनुसार देशभरका ५९ ग्यास उद्योगमा करीब १० हजार मेट्रिक टन क्षमता रहेकामा हाल सबैको भण्डारगृह भरिएकाले एक सय बुलेटमा ग्यास राखिएको थियो ।


You need to login to write a comment!

comments

Top