Joshilopost


जिल्ला प्रशासन कार्यालय दाङ देशकै उत्कृष्ट 


जिल्ला प्रशासन कार्यालय दाङ देशकै उत्कृष्ट 

 दाङ । जिल्ला प्रशासन कार्यालय दाङ देशभरका ७७ वटै जिल्लामध्ये उत्कृष्ट  बनेको छ । आर्थिक वर्ष २०७६/०७७ को वर्षभरको कार्यसम्पादन सम्झौताको मुल्यांकनका आधारमा धेरै अंक प्राप्त गरी उत्कृष्ट भएको हो ।प्रशासनले कार्यसम्पादन मुल्यांकनमा ए प्लस ग्रेडमा पर्न सफल भएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।  गृह सचिव र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच भएको २०७६\०७७ को कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा आधारमा सफल भएको प्रजिअ रिजालले बताउँनुभयो ।प्रमुख जिल्ला अधिकारी रिजालले जिल्ला प्रशासन कार्यालय दाङका सम्पुर्ण कर्मचारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, अन्य कार्यालयका प्रमुख एवं कर्मचारीहरू र सबै सरोकारवालाहरुलाई आगाम िबर्ष पनि सहयोग गर्न आग्रह गर्नुभयो ।
 


You need to login to write a comment!

comments

Top