Joshilopost


सेवार खोलाका कारण १५० घरधुरी बादी परिवार जोखिममा 


सेवार खोलाका कारण १५० घरधुरी बादी परिवार जोखिममा 

दाङ । यो घोराही बजारको काँखमा रहेको बस्ति हो ।यहाँ झण्डै दुईसय बादी तथा सुकुम्बासी दलितहरु बस्दै आएका छन् । जब बर्सातको याम सुरु हुन्छ तब यो बस्तिका मान्छेहरु न रातमा निदाउँन पाउँछन् न दिनमा नै । घरको बलिन्द«ी भएर  बग्ने सेवार खोला कति बेला घर भित्र पस्ने हो भन्ने पिरोलोले उनिहरु रातभर नसुती बस्छन् । काँखमा छोरा–छोरीले रात बिताए पनि आमा–बा को दिनचर्या भने बर्षाे देखि यसरी बित्ने गरेको छ ।शिरमा पानी पर्दा नसुत्ने गाउँलेहरु आलोपालो गरी खोलालाई पहरा दिने र  बस्ति जोगाउँने कार्य गर्दै आएका छन् ।बाढी रोक्ने कुनै उपाय नपाउँदा गाउँलेहरु एक आपसमा मिलेर खोलाको चौकिदारी गर्ने र बाढीको सतह बढे सिठ्ठी फुकेर त्यो बस्तीका  सबै मान्छेलाई सुरक्षित स्थानमा सार्नेकाम  गर्दै आएका छन् । ज्यान जोखिममा राखेर बस्दा पनि अहिले सम्म कसैको नजर  बस्ती माथी नपरेको स्थानिय दिलमाया बादीको दुखेसो छ । 

गत हप्ता आएको बाढी १२ वटा घरमा पस्यो ।  त्यस मध्य एउटा घर भत्कियो मानवीय क्षति नभएपनि घरमा भएका अन्नपात,लत्ता कपडा,भाडाकुडा बगायो । बस्ने ठाउँ नपाएका उनिहरु चौर र सामुदायिक भवनमा रात गुर्जादै आए । बाढी रोक्न पटक÷पटक संम्बन्धित निकायमा तारजालीको माग गर्न पुगे पनि रित्तो हात फर्कँने गरेको स्थानिय रंजिता बादीको भनाई छ । यसोत सरकारले बादी तथा विपन्न दलित  समुदायको लागि जमिन सहित सुरक्षित आवासको व्यवस्थापन  गर्दै आएको छ । यस्ता जोखिम युक्त क्षेत्रको समयमै पहिचान गरी  काम गरे बाढीबाट हुने मानवीय तथा भौतिक क्षति कम गर्न सकिन्छ की ? 
 
 


You need to login to write a comment!

comments

Top