Joshilopost


माओवादी केन्द्र तेश्रो लहरको पार्टी निर्माणमा जुटेको छ – पुन

दलित मुक्तिमोर्चा दाङको बैठक 


माओवादी केन्द्र  तेश्रो लहरको पार्टी निर्माणमा जुटेको छ – पुन

दाङ । दलित मुक्तिमोर्चा दाङको बैठक घोराहीमा सम्पन्न भएको छ । बैठकमा दश स्थानिय तहका प्रमुख तथा प्रतिनिधीको सहभागिता  थियो । बैठकले अगामी भदौ १०गते सम्म पालिका स्तर र भदौ मसान्त सम्म वडा स्तरका   भेला तथा  सम्मेलन गरि सक्ने निर्णय गरेको छ । बैठकलाई नेकपा माओवादी केन्द« दाङका सचिव सुवास पुनले सम्बोधन गर्नु भएको थियो । बैठक सम्बोधन गर्दै पुनले माओवादी केन्द« तेश्रो लहरको पार्टी निर्माणमा केन्दि«त भएको बताउँनु भयो ।


 सम्पूर्ण जनवर्गीय संगठन माओवादी केन्द«  जग भएको बताउँदै यसलाई गाउँ÷गाउँ सम्म विस्तार गर्दै लैजानु अहिलेको मुख्य आबश्यकता रहेको औल्याउनु भयो । बैठकका प्रमुख अतिथी समेत रहनु भएका पुनले माओवादीको मुख्य कार्यदिशा भनेको शान्ति पूर्ण रुपमा पार्टी अगाडी बढाउँदै  र निर्बाचन केन्दि«त  काम गर्ने भन्दै त्यसका लागि तयारी अबस्था बस्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।


 यस्तै संगठनका केन्दि«य सदस्य एवं जिल्ला ईन्चार्ज राधिका परियारले शुकुम्बासीलाई लालपुर्जा दिने एजेन्डा  माओवादीको भएको भन्दै त्यसको हल माओवादी आफैले गर्ने बताउँनुभयो । बैठकलाई संगठनका केन्द्रिय सदस्य झपेन्द« परियार,मानशिंह विक ,लुम्बिनी प्रदेशका अध्यक्ष छवी परियार , प्रेस सेन्टरका सहसचिव एवं दलित पत्रकार संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष जनक नेपाली,पत्रकार महासंघ दाङका सदस्य गिरिराज नेपाली,नेकपा माओवादी वडा नं.१६ अध्यक्ष देउमन दमाई लगाएतले सम्बोधन गर्नु भएको थियो । कार्यक्रम मोर्चाका अध्यक्ष हिरा सुनारको अध्यक्षतामा सम्पन्न भएको थियो ।    


You need to login to write a comment!

comments

Top