Joshilopost


शिक्षक संगठन घोराहीको – अध्यक्षमा  भण्डारी 


शिक्षक संगठन घोराहीको – अध्यक्षमा  भण्डारी 

दाङ । एकीकृत अखिल नेपाल शिक्षक संगठन घोराही नगर समितिको दोस्रो परिषद भेला घोराहीमा सम्पन्न भएको छ । भेलाले  बिष्णु भण्डारीको अध्यक्षतामा २१सदस्य  नयाँ समिति चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा हुम बहादुर राणा ,उपाध्यक्ष तेजबहादुर खड्का ,महिला उपाध्यक्ष छमा पराजुली ,सचिवमा खडक बहादुर वली,अर्थ सचिवमा तिल बहादुर घर्ती र सहसचिवमा बावुराम बिकलाई सर्वसम्मत रुपमा चयन गरिएको छ ।

समितिको सदस्यहरुमा धनकुमारी बिक,कमल पोख्रेल,लुमेश्वर अधिकारी,लालकुमारी पुन,टीका घर्ती रहनु भएको छ । यस्तै अन्य सदस्यहरु बसन्ता भण्डारी,रामबहादुर चौधरी,शिवराज पोख्रेल,एलिशा बुढा,नारायण सुनार,रोमर्श आचार्य,दीपक घिमिरे,मोतिलाल रायमाझी, ईश्वरी श्रेष्ठ रहनु भएको छ । भेलाको नेपाल कम्युनिस्ट पार्र्टी माओवादी केन्द्र केन्द्रिय सदस्य तथा दाङका  सह(इन्चार्ज) निर्मल आचार्य ‘बिमल’ले उद्घाटन गर्नु भएको थियो । भेलाको उद्घाटन गर्दै आचार्यले देशको राजनिति नयाँसिरा बाट सुरु भएकोले त्यसका लागि सबै एक ठाउँमा केन्द्रित रहन आग्रह गर्नुभयो ।  समाज  परिर्वतनको जिम्मा शिक्षकको काधमा रहेकोले  समाजलाई सतमार्गमा पु¥र्याउँन शिक्षकलाई निर्देशन दिनुभयो ।


भेलाको प्रमुख अतिथी रहनु भएका आचार्यले नेपाल समाजबादको बाटोमा अगाडी बढेको बताउँदै शिक्षकले पनि समाजबादी शिक्षामा बिशेष जोड दिनु पर्ने धारणा राख्नुभयो ।भेलालाई  एकीकृत अखिल नेपाल शिक्षक संगठन लुम्बिनी प्रदेश अध्यक्ष यामप्रसाद अधिकारी , केन्द्रिय सदस्य  तथा लुम्बिनी प्रदेश महासचिव गणेशप्रसाद रिजाल ,कम्युनिस्ट पार्टी माओवादी केन्द्र घोराही नगर इन्चार्ज भिम कुमारी बाठा (निसाना) नगर अध्यक्ष प्रमोद शर्मा , एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला अध्यक्ष   हुकुम  बुढाथोकी , प्रदेश अर्थ उपमहासचिव माधव महरा, प्रदेश उपमहासचिव बिष्णु प्रसाद खनाल ,केन्द्रिय सल्लाहकार मस्त बहादुर श्रेष्ठ   लगायतले सम्बोधन गर्नु भएको थियो । नगर अध्यक्ष मोहन कुमार अधिकारीको अध्यक्षतामा भएको कार्याक्रमको संचालन पबित्रा महरा गर्नु भएको थियो ।


You need to login to write a comment!

comments

Top