Joshilopost


एमसीसी. फिर्ता हुन्छ – महरा 


एमसीसी. फिर्ता हुन्छ – महरा 


दाङ । सरकारले आगामी मंगलवारसम्म पुर्णता पाउँने भएको छ । राजनितिक दल सम्बन्धी अध्यादेश  सोमबार फिर्ता हुने र  मंगलवार १२ गते   मन्त्री परिषद् विस्तार हुने भएको हो ।नेकपा माओवादी केन्द«का स्थायी कमिटी सदस्य एवं पार्टी प्रवक्ता कृष्णबहादुर महराले अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको प्रथम सम्मेलनको घोराहीमा उद्घाटन गर्दै यस्तो बताउँनु भएको हो ।सरकार अध्यादेश फिर्ता गर्ने प्रकृयामा रहेको भन्दै मंगलबार सम्म मन्त्री परिषद्ले  जसरी भएपनि पुर्णता पाउँने उल्लेख गर्नुभयो ।

सरकार गठनका विषयमा विभिन्न प्रश्न उठेको  बताउँदै त्यसको समाधन गर्न सरकारमा सामेल हुने दलसंग परामर्श भईसकेको उल्लेख गर्नुभयो । यस्तै महराले एम.सि.सि. पारित नहुने जानकारी दिनुभयो  । एम.सी.सी शैन्य रणनिति अन्तरगत रहेको भन्दै नेपालमा लागु भए त्यसका बिरुद्ध माओवादी केन्द«ले आन्दोलन गर्ने उल्लेख गर्नुभयो । माओवादी केन्द«ले नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउँने रणनिति अगाडी सारेको भन्दै पहिलो  चरणमा जनयुद्धमा सहभागी पार्टीलाई एक ठाउँमा ल्याउन आफुले छलफल र भेटघाटलाई निरन्तरता दिदै आएको बताउँनुभयो  । महराले सरकारलाई बैज्ञानिक शिक्षा निशुल्क  गर्न आग्रह गर्नुभयो । अधिबेशनले नयाँ नेत्रित्व चयन गर्दै आज सकिने छ । 
 


You need to login to write a comment!

comments

Top