Joshilopost


एमसीसी सम्झौताबारे पार्टीको धारणा स्पष्ट पार्न माग एमाले कार्यकर्ताको माग 


एमसीसी सम्झौताबारे पार्टीको धारणा स्पष्ट पार्न माग एमाले कार्यकर्ताको माग 

काठमाडौँ — अमेरिकासँग भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी  सम्झौताको बारेमा एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा  पार्टीले लिने धारणा स्पष्ट पार्न माग गरेका  छन् । दोस्रो दिनको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्दै उनीहरुले एमसीसीको विषयमा धेरै विवाद भएको भन्दै त्यस विषयमा पार्टीले स्पष्ट धारणा लिएर अघि बढ्नु पर्ने बताएका हुन् । बैठकमा कर्णाली प्रदेशको टोली नेता यमलाल कँडेलले समूहमा छलफल हुँदा एमसीसीको विषयमा पार्टीले औपचारिक धारणा सार्वजनिक गर्नुपर्ने बताए । ुएमसीसीको धेरै विवादित बन्यो । यो विषयमा पार्टीको धारणा के हो औपचारिक रुपमा आउनु पर्छु कँडेलले बैठकमा भनेका थिए ।


अध्यक्ष ओलीले तयार पारेको राजनीतिक प्रतिवेदनमा एमसीसीको विषयमा मौन रहेको छ । ुविभिन्न समूहगत छलफलमा एमसीसीको विषयलाई प्रस्ट पार्नुपर्ने विषय उठेको थियोु, केन्द्रीय सदस्य निरज आचार्यले भने, ुविभिन्न समूहमा रहेका नेताहरुले नेपालको विदेशनीति असंलग्नतामा आधारित रहेकाले त्यसैअनुसार अघि बढ्नुपर्नेमा सुझावहरु आएको छ ।आगामी साता हुने विधान अधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधानमाथि छलफल गर्नका लागि शुक्रबारबाट एमाले केन्द्रीय कमिटीको बैठक सुरु भएको हो । 


You need to login to write a comment!

comments

Top