Joshilopost


कल्पु धर्मशालाको  बिवाद चुलिदै 

कार्यपालिकाको निर्णय बदर गर्न माग 


कल्पु धर्मशालाको  बिवाद चुलिदै 

दाङ ।घोराहीमा रहेको कल्पु धर्मशालाको विवाद चुलिदै गएको छ ।घोराही उपमहानगरपालिकाले बिरादरी सेवा समाजलाई धर्मशाला  एकलौटी रुपमा दिने कार्यपालिकाको  निर्णयपछि बिवाद सुरु भएको हो । सार्वजनिक सम्पतिका रुपमा रहेको धर्मशाला घोराही उपमहानगरपालिका वडा नं.१४ मार्फत संचालनमा रहेको थियो । वडा कार्यालयले धर्मशाला संचालक  समिति गठन गरी अहिले संचालन गर्दै आएको छ । 

 यस अघि गुप्ता समुदायले मात्र नेत्रित्व गदै आएको संचालन समिति समाबेसी गराउँनु पर्ने माग उठेपछि वडा  कार्यालयले समाबेसीको आधारमा  नयाँ नेत्रित्व चयन गरेको जंग्गादाता फुलमान चौधरीले बताउँनुभयो । नेत्रित्व तहमा नपुग्दा रिसाएका विरादरी समितिका केही व्यक्तिले पटक /पटक उपमहानगरपालिकामा पुगेर कल्पु धर्मशाला बिरादरी समाजलाई  दिन आग्रह गर्दै आएका थिए । 

उपमहानगरको  कार्यपालिका बैठकले जग्गादाता स्वर्गीय कंगलाल चौधरी र अर्का स्वं.रामधिरज बनियालाई पाखा लगाउँदै एकलौटी  रुपमा बिरादरी समाजलाई धर्मशाला दिने निर्णय गरेपछि  यो विवादले आन्दोलनको स्वरुप लिएको चौधरी बताउँनु हुन्छ । ‘हामी जंग्गादाताका सन्तान हौ हाम्रो अस्तित्व मेट्ने गरी आएको  कार्यपालिकाको निर्णय मान्ने हुदैन’ चौधरी बताउँनु हुन्छ । 

हाम्रो बाजेको नाम निशान कहिकतै उल्लेख गरेका छैनन् उल्टै हामीलाई धम्काउँने बिरादरी समाजका मान्छेको कुनै अधिकार छैन चौधरी बताउँनु हुन्छ । घोराही उपमहानगरपालिका  नगरप्रमुखको जिम्मेवारी सम्हाल्दै आउँनु भएका नगर प्रमुख चौधरी हुनु हुन्छ तर एउटा चौधरीको भावना अर्काे चौधरीले नबुझ्दा दुख लाग्यो उहाँ थप्नु हुन्छ । 

धर्मशालाबाट कुनै लाभ लिनु छैन तर आफ्नो पुर्खाको सम्पति संरक्षण गर्नु हाम्रो दायित्व हो अर्का जंग्गादाता स्वं.रामधिरज बनियाका नाति बसन्त गुप्ता बताउँनु हुन्छ । अहिले सम्म हामीले केही  खोजेनौ तर नगरपालिकाले हामीलाई पाखा लगाउँदै सिमित व्यक्तिलाई धर्मशाला दिने निर्णय गलत छ । उहाँले थप्नु भयो     
    
भोट बटुल्न धर्मशाला 
 स्थानिय तहको निर्वाचनलाई केन्द्रित गरी बिरादरी समाजलाई धर्मशाला दिएको केहीले आकंल गर्न थालेका छन् । नेकपा एमालेको  पक्षमा बिरादरी समाजका मान्छेलाई उभ्याउँने उदेश्य अनुसार धर्मशाला दिएको जग्गादाता स्व.रामधिरज बनियाका अर्का नाति नारायण गुप्ताको भनाई छ । उहाँको कुनै उपाय थिएन नगरप्रमुखले मृतकको लाशमाथी  रजाई गर्दै हुनुहुन्छ यो निर्णय तत्काल संच्याउँनु पर्छ भन्नु भयो ।  नगरप्रमुख सबैको अभिभावक हो एउटा सन्तान मारेर अर्काे सन्तानलाई  माया गर्छु भन्नु कति जायज छ । 

धर्मशालाको रकम पुजारीलाई भेटी 

यसोत  धर्मशालाबाट संङकलन गरिएको  रकम बिरादरी समाजका मान्छेले घोराहीका तीन मन्दिरका पुजारीलाई भेटी दिदै आएको आरोप लगाएका  छन् । घरभाडा मार्फत उठेको उक्त रकम पुजारीलाई भेटिका रुपमा दिने गरेको एक सदस्यले बताए । तीन मन्दिरका पुजारीलाई मासिक दश हजारका दरले उपलव्ध गराउँदै आएको उनको भनाई छ । 

कार्य समितिमा दोहरीने होडबाजी  
बिरादरी समाजमा रहेका व्यक्तिहरु धर्मशालाको समितिका दोहरीनका लागि होडजाजी चल्ने गर्दछ । अधिबेशनकाको समयमा एक पटक संचालक समितिको अध्यक्ष भईसकेका व्यक्ति  पटक÷पटक दोहरीएर सदस्य हुदै  दुई ÷तीन कार्यकाल समिति मै बस्ने गरेको कतिपयको अनुभव छ । त्यसले गर्दा समिति बिरादरी समाजमात्र हैन सयुक्त रुपमा सबैलाई समाबेस गर्नुपर्ने  स्थानियहरुको माग छ । 
 


You need to login to write a comment!

comments

Top