Joshilopost


माओवादी केन्द्रको  निर्वाचनको सबै  तयारी पूरा


माओवादी केन्द्रको  निर्वाचनको सबै  तयारी पूरा

दाङ ।  नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको  निर्वाचनका सबै  तयारी पूरा भएको छ । प्रेस सेन्टर तुलसीपुरले आयोजना गरेके पत्रकार भेटघाटमा बोल्दै लुम्बिनी प्रदेशका निर्वाचन समिति संयोजक रामशरण चौधरीले यस्तो जानकारी दिनु भएको हो ।भोली हुन लागेको सबै वडामा तैयारी पुरा भएको चौधरीको भनाई छ ।साथै उनले पार्टी पहिलो पटक निर्वाचन प्रणालीमा गएको बताए । मुलुक संघीयतामा गएसंगै सोही अनुसार कमिटिलाई सक्रिय बनाउनुकासाथै निर्वाचन प्रणालीलाई पनि सुधार गरेको बताए । उनले नयाँ विधान अनुसार निर्वाचन हुन लागेको भन्दै त्यसलाई सबै पार्टी कमिटिलाई जानकारी गराई सकेको समेत बताए । अब टोलदेखि माथिसम्म निर्वाचन मार्फत नै नयाँ नेतृत्व आउने उनको भनाई थियो ।संगठनका अध्यक्ष राकेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको उपाध्यक्ष दीपक बोहराले स्वागत मन्तब्य ब्यक्त गरेका थिए, भने सहजीकरण सहसचिब सुमन केसीले गरेका थिए 


You need to login to write a comment!

comments

Top