Joshilopost


पुर्व माओबादी घटकसंग पार्टी एकता हुन्छ : शर्मा


पुर्व माओबादी घटकसंग पार्टी एकता हुन्छ : शर्मा

दाङ । नेकपा  माओबादी केन्द्रले (माओवादी )घटकसंग पाटी एकता छट्टै  गर्ने भएको छ । दाङमा आयोजित वडा सम्मेलनलाई सम्बाेधन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य रेखा शर्माले यस्ताे बताउनु भएको हाे । यस बिषयमा पार्टीले छलफल जारी राखेकाे बताउदै अबकाे केहि दिनमा पार्टी एकताको शन्देश दिने गरि कार्यक्रम गरिने उल्लेख गर्नु भयाे । परिवर्तनको पक्षमा पार्टी उभिएको बताउदै त्यसकै जगमा उभिएर बाबुराम,विप्लब,बैध लगायत अन्य कम्युनिस्टहरूसंग पार्टी एकिकरण हुने उल्लेख गर्नु भयाे । घाेराही उपमहानगरपालिका वडा नंं १३, १६ १८,१९ मा आयाेजित सम्मेलनलाई सम्बाेधन गर्दै उहाले जनताकाे जनजिविका परिबर्तन ल्याउन माओवादी समाजबादकाे यात्रा अघि बढेकाे उल्लेख गर्नुभयाे । एमाले पार्टी परिवर्तनको विरोधी भएकोले परिवर्तनको पक्षमा उभिने राजनिती दल संग गठबन्धन गरेकाे उल्लेख गर्नुभयाे । सम्मेलकाे अबसरमा पुर्वजनमुक्ति सेना,जनयुद्ध जनआन्दोलनका घाईते अपांगलाई सम्मान गरिएको थियाे ।


You need to login to write a comment!

comments

Top