Joshilopost


घाेराही १४ को अध्यक्ष पुन र सचिवमा विक

नेकपा माओवादी केन्द्र वडा सम्मेलन


घाेराही १४ को अध्यक्ष पुन र सचिवमा विक

दाङ । घाेराही उपमहानगरपालिका नं.ले  १४ कृतिमान पुनकाे अध्यक्षतामा नयाँ नेत्रित्व चयन गरेकाे छ । वडाकाे आज सम्पन्न  सम्मेलनले नयाँ कमिटी सर्वसम्मत रुपमा गठन गरेकाे हाे । कमिटीको उपाध्यक्षमा लछुमन बुढा,सचिव अनिलकुमार बिक,सहसिचव आशा चौधरी , काेषाध्यक्ष भिमकुमारी पुन रहनु भएको छ ।
कमिटीको काे सदस्यहरुमा बसन्तकुमार गुप्ता ,रेखबहादुर खत्री, हर्कबहादुर अाेली,शेरबहादुर डाँगी ,विशाल श्रेष्ठ , कमानशिंह पुन,कृष्णबहादुर केसी, नन्दबहादुर घर्ती, इनामुल रहमान,बिन्ते चौधरी ,फुलमति नेपाली,माया नेपाली ,अहमदी खातुन,देवा सेन,बसन्ता भण्डारी, प्रभा ओली,हेमकुमारी न्यौपाने, अाशा चौधरी कमला चौधरी,तारा खड्का ,हिरालाल गुप्ता ,मानबहादुर नेपाली ,लालबहादुर कामी,मानबहादुर विक,अब्दुल अजित मन्सुसीलाई चयन गरेकाे हाे । बाँकी ४ सदस्य कमिटीले मनाेनयन गर्ने निर्वाचन कमिटी संयाेजक बिष्णु भण्डारीले जानकारी दिनुभयाे ।
वडा सम्मेलनकाे उद्घाटन गर्दै माअाेवादी केन्द्रका लुम्बिनी प्रदेशका सचिवालय सदस्य भिमकुमारी पुन (निशाना) ले एमाले परिवर्तनको बिराेधी भएकोले दुई पटक संसद विघटन गरेकाे बताउनुभयो ।
जनयुद्धको बलमा नेपालमा परिवर्तन अाएको भन्दै परिवर्तनको रक्षा माओदीले मात्रै गर्न सक्ने उल्लेख्य गर्नुभयाे । गाउँ गाउँमा माओबादी प्रतीकाे जनलहर उत्साह पुर्ण रहेकाेले अब अाउने निर्वाचनकोमा पहिलाे पार्टी बन्ने बताउनु भयाे ।
सम्मेलनलाई प्रदेश कमिटी सदस्य पुनम शेरपाईली,घाेराही १४ का अध्यक्ष शक्तिराम डाँगी, माअाेवादी केन्द्र जिल्ला समन्वय समिती सदस्य दिनेश श्रेष्ठ, दिलकुमारी पुन,जनमुक्ति सेनाका परिमान पुन,सहिद परिवार सहदेव थारु (बिहानी)लगायतले सम्बाेधन गर्नु भएको थियाे । सम्मेलनका अबसरमा पुर्व जनमुक्ति सेना,सहिद,घाईते बेपत्ता परिवारलाई सम्मान गरिएको थियाे। पार्टी अध्यक्ष कृतिमान पुनकाे अध्यक्षता भएको कार्यक्रमकाे संचालन सचिव अनिल सेर्पालीले गर्नु भएको थियाे ।


You need to login to write a comment!

comments

Top