Joshilopost


पार्टी नयाँ उचाईमा पुग्यो  – नगर अध्यक्ष शर्मा 


पार्टी नयाँ उचाईमा पुग्यो  – नगर अध्यक्ष शर्मा 

दाङ ।नेकपा माओवादी केन्द्रका घोराही उपमहानगरपालिका अध्यक्ष प्रमोद शर्माले माओवादीको  वडा सम्मेलनले पार्टीलाई नयाँ उचाईमा प¥र्याएको बताउँनु भएको छ । घोराही उपमहानगरपालिकाको अधिबेशन सम्पन्न गर्दै यस्तो धारणा व्यक्त गर्नुभयो । घोराहीका  १९ वडामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको मा खुशी व्यक्त गर्दै उहाँले पार्टीमा नयाँ उभार पैदा भएको उल्लेख गर्नुभयो ।

शर्माले  माओवादी निकै व्यवस्थित र उच्च मनोबलका साथ अघि आएको बताउनु भयो । घोराहीमा माओवादी २०६४ सालकै स्तरमा पुग्ने दिशामा केन्द्रित भएको छ भन्नुभयो ।शर्माले माओवादीको एजेन्डासँग आम जनसमुदाय आकर्षित भएको धारणा व्यक्त राख्नुभयो ।सम्मेलनबाट दाङमा ९७ जना वडा अध्यक्ष चुनिएका छन् । माओवादीले पहिलोपटक निर्वाचन प्रणालीबाट मतदाता नामावली र मनोनय दर्तासहित सम्मेलन गरेको भए पनि सबै वडामा निर्विरोध नेतृत्व चयन गरिएको छ । 

दाङमा ९७ जनामध्ये दुई जना महिला अध्यक्ष घोराही २ मा लेखा अधिकारी र राप्ती ८ मा अञ्जु कार्की निर्वाचित हुनुभएको छ भने कार्य समितिमा भने ३५ प्रतिशत महिला र १५ प्रतिशत दलित आएका छन् । नेपालमा यसरी कुनै राजनीतिक दलले यति धेरै प्रतिशत समावेशी सिद्धान्तका आधारमा नेतृत्व चयन गरेको पहिलोपटक हो ।

संविधानले ३३ प्रतिशत महिला सहभागिता र १३ प्रतिशत दलित सहभागिताको ब्यवस्था गरेको भए पनि समावेशी सिद्धान्तको परिकल्पनाकार भएकाले आफ्नो पार्टीले थप दुई प्रतिशत बढी समावेशी बनाएको सो पार्टीले जनाएको छ ।

दाङका विभिन्न वडामा केन्द्रीय नेताहरु जगप्रसाद शर्मा ‘अपार’ रेखा शर्मा, निर्मल आचार्य, हेमराज शर्मा ‘डायमण्ड’ इन्द्रजीत थारु, दामा शर्मा, नारायणी शर्मालगायत प्रदेश नेताहरु लुमाकान्त न्यौपाने, तुलसीराम पुन, भीमबहादुर बुढा मगर, लुमबहादुर कार्की, रामबहादुर दहित, हरिमान पुन, भीमबहादुर ओली, तुलसी डाँगीलगायत पुग्नुभएको थियो । त्यस्तै वडाहरुमा सबै जिल्ला नेताहरु पुग्नुभएका थिए ।

घोराही उपमहानगरपालिकाका १९ वटा निर्वाचित अध्यक्षहरू
१– भीमसेन बुढा
२– लेखा अधिकारी
३– सुमन रोका
४– गुरुप्रसाद न्यौपाने
५– नोमबहादुर केसी
६– खलुप्रसाद पुन
७– चिजबहादुर चौधरी
८– पितालम्बर ओली
९– माघुराम चौधरी
१०– बुद्धिराम चौधरी
११– पूर्णचन्द्र बिक
१२– पूर्णबहादुर बुढा
१३– रिमबहादुर नेपाली
१४– कृतिमान पुन
१५– बामदेव रिजाल
१६– देउमन दमाई
१७– पदमबहादुर केसी
१८– सुरश बुढा
१९– खड्कबहादुर घर्ती


You need to login to write a comment!

comments

Top