Joshilopost


प्रेस सेन्टर लुम्बिनी प्रदेशको सम्मेलनको तयारी पुरा- सम्मेलनको उद्घाटन महराले गर्ने 


प्रेस सेन्टर लुम्बिनी प्रदेशको सम्मेलनको तयारी पुरा- सम्मेलनको उद्घाटन महराले गर्ने 

 


दाङ । प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको भोली हुने दोश्रो सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ । प्रदेशको स्थायी राजधानी भालुवाङमा हुन लागेको सम्मेलनमा विभिन्न जिल्लाबाट प्रतिनिधी आउँने क्रम जारी रहेको प्रदेशका अध्यक्ष मानशिंह बिकले जानकारी दिनुभयो । राप्ती गाउँपालिका कार्यालयमा हुने सम्मेलनको उद्घाटन नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्व सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्ने अध्यक्ष विकको भनाई छ । सम्मेलनमा सहभागि हुन लुम्बिनी प्रदेशका १२ जिल्लाबाट दुई सय प्रतिनिधी र परिवेक्षक सहभागी हुने छन् । सम्मेलनलाई नेकपा माओवादी लुम्बिनी प्रदेशका ईन्चार्ज चक्रपानी खनाल(वलदेव) लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुलप्रसाद केसी(सोनाम) प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष महेश्वर दाहाल ,पत्रकार महासंघका निर्वमान अध्यक्ष गोविन्द आचार्य लगाएतका नेताहरुले सम्बोधन गर्नु हुने भएको छ । प्रमुख अतिथी महरा सम्मेलन उद्घटनका लागि दाङ आई पुग्नु भएको छ ।  सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको छ । त्यसका सहभागि हुन पत्रकार,महासंघ,विभिन्न संचारमाध्यम र संचारसंगठनलाई आग्रह गरिएको छ । 


You need to login to write a comment!

comments

Top