Joshilopost


माओवादी प्रति जनताकाे ठूलो आशा छ : दाहाल


माओवादी प्रति जनताकाे ठूलो आशा छ : दाहाल

दाङ ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  माओवादी पार्टीले  विचारको बहसलाई प्राथमिकता दिने बताउनु भएको छ । दाहालको भनाइ थियो । देशका ७ सय ५३ पालिकाकाे अधिबेशनलाई भर्चुअलका माध्यमबाट सम्बाेधन गर्दै यस्ताे बताउनु भएको हाे ।

दाहालले माओवादीप्रति जनतामा आशा जागेको भन्दै  माओवादीप्रति तराई-मधेसदेखि हिमालसम्म जनाधार बढ्दै गएको पनि दाबी गर्नुभयाे  ।  उनले माओवादी कमजोर भयो भने परिवर्तनका एजेन्डा कमजोर हुने, राष्ट्रियता कमजोर हुने र देश दुर्घटनामा जाने भन्दै पार्टी सदस्यहरूलाई आफ्ना एजेन्डाप्रति दृढ रही रक्षा गर्न निर्देशन गर्नुभयाे ।


You need to login to write a comment!

comments

Top