Joshilopost


नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको सम्मेलन सकियो


नेकपा  (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको सम्मेलन  सकियो

दाङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको प्रथम सम्मेलन सकिएको छ । भालुवाङमा जारी सम्मेलनले २ सय १७ सदस्यीय नयाँ प्रदेश कमिटी चयन गर्दै सकिएको छ । शनिबार र आइतवार भएको प्रदेश सम्मेलनबाट २१७ सदस्यीय समिति निर्विरोध भएको हो ।

प्रदेश कमिटी चयन गरेपनि सम्मेलनबाट पदाधिकारी भने चयन भएको छैन । माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवन गौतमले प्रदेश समितिको बैठकले नै पदाधिकारी टुंगो लगाउने बताउनु भयाे । 


You need to login to write a comment!

comments

Top