Joshilopost


घोराहीमा कन्सल्टेन्सी एसोसिएसन गठन


घोराहीमा कन्सल्टेन्सी एसोसिएसन गठन

दाङ । घोराहीमा कार्यक्षेत्र बनाएका सन्सल्टेन्सीको भेला सम्पन्न भएको छ । भेलाले गणेश थापाको अध्यक्षतामा १३ सदस्य घोराही नगर ईन्जिनिएरिङ कन्सल्टेन्सी एसोसिएसन गठन गरेको छ । जसको उपाध्यक्षमा बिनोद पौडेल,सन्तोष भुषाल, सचिव सम्राट न्यौपाने, सहसचिव खगेन्द्र थापा, लक्ष्मण खतिवडा र कोषाध्यक्ष देवेन्द्रराज कार्की रहनु भएको छ । समितिको सदस्यमा सतिस शर्मा,शरद पुलामी,राजकुमार रिजाल,योगेन्द्र केसी,राजेन्द्र चौधरी र लेखराज न्यौपाने रहनु भएको छ । यसै गरी ५ सदस्य सल्लाहकार समिति पनि गठन गरेको छ । सल्लाहकार समितिको संयोजकमा पारश भण्डारी,सहसंयोजक राजेश घिमिरे सदस्यमा लेखबहादुर बस्नेत प्रदिप गिरी र कृष्णप्रसाद ओली रहनु भएको छ । भेलाको संचालन पारश भण्डारीले गर्नु भएको थियो भने अध्यक्षता गणेश थापाले गर्नु भएको थियो । 
      
 


You need to login to write a comment!

comments

Top