Joshilopost


माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा   १५ सय प्रतिनिधि सहभागी हुदै 

दाङबाट १५ जना प्रतिनिधी छनौट


 माओवादी केन्द्रको  राष्ट्रिय सम्मेलनमा   १५ सय प्रतिनिधि सहभागी हुदै 

काठमाडौ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा   १५ सय प्रतिनिधि सहभागी हुने भएका छन् ।यही पुस ११ देखि १३ गतेसम्म काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा हुने लागेको सम्मेलमा यी प्रतिनिधी सहभागि हुने भएका छन् । आयोजकबाट १७९, सल्लाहकार समूहबाट १४९, जेष्ठ कम्युनिस्टबाट १२५, केन्द्रीय आयोगबाट ७५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७, प्रदेश प्रतिनिधिहरुबाट ८०३ र मनोनित ७३ जना गरी कूल १५३३ जना प्रतिनिधि सहभागी हुने प्रवक्ता महराले जानकारी दिनुभयो । प्रदेशहरुबाट ८ सय र अन्य विभिन्न कमिटीहरुबाट प्रतिनिधि छानिने प्रवक्ता महराले  पत्रकार सम्मेलनमा बताए । महाधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिहरु चयन भइसकेको उहाँको भनाई छ । यस्तै, फरक प्रसंगमा एमसीसीको बारेमा पार्टीको स्पष्ट धारणा रहेको पनि उल्लेख गर्नुभयो ।  माओवादीले एमसीसी यथास्थितीमा पारित गर्ने पक्षमा नरहेको पनि उहाँको भनाई छ ।यसै बिच दाङबाट राष्ट्रिय सम्मेलनमा आयोजक समिति सदस्य बाहेक १५ जना प्रतिनिधी छनौट गरीएको छ । जस अन्तरगत निम्न अनुसार हुनु हुन्छ 

कुवेरबहादुर वली                        
लुमाकान्त न्यौपाने                         
तुलसीराम पुन                         
लिला शर्मा                         
भिमकुमारी बुढा                        
लुमबहादुर कार्की                         
डिल्ली अधिकारी                         
बसन्तराज शर्मा                         
लेखराजसिह रेग्मी                         
गोपाल वली                         
भिमबहादुर वली                         
विश्वराज आचार्य                         
प्रेम राज वली                         
साउने चौधरी                         
प्रमोद शर्मा     


You need to login to write a comment!

comments

Top