Joshilopost


घोराही –१४ लाई  बालमैत्री वडा घोषणा गर्ने तयारी  


घोराही –१४ लाई  बालमैत्री वडा घोषणा गर्ने तयारी  

दाङ । घोराही उपमहानगरपालिका वडा नं.१४ लाई बालमैत्री वडा घोषणा गर्ने काम आजबाट सुरु भएको  छ ।  वडा कार्यालयले आगामी माघ १५ सम्म वडालाई वालमैत्री वडा घोषणा गर्ने तयारी गरेको हो । त्यसका लागि बालमैत्री वडा घोषणा अभियान संचालन कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको छ । वडा स्तरिय सक्षम आमा समुहको सहयोगमा आज वडा कार्यालयले ¥यालीको समेत आयोजना गरी अभियानको सुरुवात गरेको हो । वडा कार्यालयबाट सुरु भएको ¥र्यालीले  राप्ती टोल,बालमन्दिर चोक, हुदै विभिन्न स्थानको परिक्रममा गरेको थियो । त्यस अबसरमा विभिन्न तरकारी पसल,होटल,खाद्यान्न पसलहरुमा बाल श्रमिक राखिएको छ छैन भन्ने वारेमा अनुगमन गरिएको थियो ।

अभियानको उद्घाटन गर्दै वडा अध्यक्ष शक्तिराम डाँगीले आफ्ना बालबालिकालाई अनिवार्य विद्यालय पठाउँन,बाल श्रमिक नराख्न समेत सम्पूर्ण सर्वसाधारणलाई आग्रह गर्नुभयो । कुनै व्यक्ति वा संघ संस्थाले बालवालिकालाई बाल श्रमिकका रुपमा प्रयोग गरेको  पाईए कानुन बमोजिम कारर्वाही गर्ने  जानकारी दिनुभयो । वडा कार्यालयले भोली देखि नै वडाका सम्पूर्ण टोल विकास संस्था,बिद्यालय,सामाजिक संघ संस्थाहरुमा बालमैत्री छन्, छैनन् भनि  अनुगमन गरिने अध्यक्ष डाँगीले जानकारी दिनुभयो । 
 


You need to login to write a comment!

comments

Top