Joshilopost


महिला र बृद्धबृद्धालाई बोल्ने तालिम 


महिला र बृद्धबृद्धालाई बोल्ने तालिम 

दाङ । महिला र बृद्धबृद्धालाई बोल्ने तालिम प्रदान गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं. १४ ले वडामा रहेका बृद्धबृद्धा र  महिलाहरुलाई बोल्ने तालिम प्रदान गरेको हो । वडा स्तरिय सक्षम आमा समुहले विभिन्न टोलमा रहेका बृद्धबृद्धा र महिलाहरुको खोजी गरि क्षमता बृद्धि तालिम प्रदान गरेको हो । 
घरमा बस्दै आएका महिला र बृद्धहरुले आफ्ना कुरा सिधै घर परिवार,सरकारी कार्यालय र गैर सरकारी कार्यालय समक्ष राख्न नसक्दा धेरै समस्या भोगेको भन्दै उक्त तालिम दिएको वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो । उमेर ढल्किदै जाँदा बृद्धबृदाका कुरा कसैले नसुन्ने र समस्या पर्दा कसैले आफ्ना गुनासा नसुन्ने भएका कारण यो तालिम आफुलाई निकै फलदायी भएकोको सहभागिको अनुभव छ । 
गत पुस ११ देखि सुरु भएको तीन दिने तालिमको प्रशिक्षकमा  मानव कल्याण समाजका अध्यक्ष सुमित्रा चौलागाई ( सुमि मानव)  रहनु भएको थियो । तालिम समापन गर्दै वडा अध्यक्ष शक्तिराम डाँगीले परिवारलाई विश्वासमा राखे घर समाज र परिवारमा शान्ति हुने उल्लेख गर्नुभयो । उहाँले आमा समुहलाई आगामी माघ १५ सम्म हुने वालमैत्री वडा घोषणा गर्न सहयोग पु¥र्याउँन आग्रह गर्नुभयो । 
सक्षम आमा समुहका अध्यक्ष देवा सेनको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका मोति विश्वकर्मा, पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसी लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको सचालन सचिव भिमकुमारी पुनले गर्नु भएको थियो । 
 


You need to login to write a comment!

comments

Top