Joshilopost


विद्यालयको अनुगमन 


विद्यालयको अनुगमन 

दाङ । घोराही उपमहानगरपालिकाको वातावरण तथा विपत्त व्यवस्थापन उप समितिले विद्यालयको अनुगमन गरेको छ ।  निकट भविश्यमा उपमहानगरपालिकालाई बालमैत्री वडा घोषणा गर्ने उदेश्यका साथ विद्यालयको अनुगनम गरेको वातावरण तथा विपत व्यवस्थापन शाखाका अरुणकुमार अधिकारीले जानकारी दिनुभयो । समितिले घोराहीको जयशेर मावि रावत गाउँ,मावि सौडियार,आधारभूत विद्यालय दलजीतपुर, महेन्द्र मावि धर्ना र मावि जजरगाउँको अनुगमन गरेको थियो । 


अनुगनका क्रममा मावि सौडियार बाहेक अन्य विद्यालयको सरसफाई, विद्यालयको भौतिक पूर्वाधार, सरसफाई , क्यान्टिन,शौचालय,छात्राले प्रयोग गर्ने प्याडको प्रयोग र व्यवस्थापन, खानेपानी लगाएयत अन्य सबै क्षेत्र सन्तोष जनक भेटिएको अनुगमनकर्ता नैना चौधरीले जानकारी दिनुभयो । यी विद्यालयमा खानेपानीको श्रोत आफ्नै भएपनि प्रशोधन विनाको पानी छात्र÷छात्राले पिउँने गरेको अर्का अनुगमनकर्ता दुर्गा नेपालीले बताउँनुभयो । 


विद्यालयमा  बजेट अभाव हुदा अधिकासं  विद्यालयले फिल्टर  राख्न नसकोको मावि जजरगाउँका प्रअ.विप्लव अधिकारीले जानकारी दिनुभयो । अनुगमन समितिले विद्यालयमा विद्यार्थी संख्या अनुसार अलग अलग बालमैत्री शौचालय भए नभएको,विद्यालयको कक्षा कोठा र बाहिरी वातावरण नियमित सरसफाई भए नभएको,विद्यालयमा सुरक्षित खानेपानीको व्यवस्थापन छ छैनी भनि अनुगमन गरेको थियो । यस्तै विद्यालयको क्यान्टिन खेलकुद मैदान,बालिकाहरुले महिनावारी हुदा प्याड प्रयोग गरे नगरेको बिषयमा अनुगमन गरिएको थियो ।  अनुगमनका क्रममा  वडा नं. ६ का सदस्य कुन्ता सिजवाल र पत्रकार जनक नेपालीको सहभागिता रहेको थियो ।  


You need to login to write a comment!

comments

Top