Joshilopost


द्धन्द्धपिडीतका लागि  अभिमुखिकरण तालिम   

जनयुद्धले बोल्ने बनायो ।


द्धन्द्धपिडीतका लागि  अभिमुखिकरण तालिम   


दाङ । द्धन्द्धपिडीत परिवारका लागि घोराहीमा अभिमुखिकरण तालिम सुरु भएको छ । घोराही उपमहानरपालिका वडा नं. १४ को आर्थिक सहायता र मगरभाषा साहित्य तथा संस्कृतिक प्रतिष्ठान दाङको आयोजनामा दुई दिने तालिम सुरु भएको हो । तालिम उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्य (विमल) ले नेपालमा गणतन्त्र ल्याउँनमा सहिद,वेपत्ता परिवारको ठुलो योगदान रहेको उल्लेख गर्नुभयो । उद्घाटन सत्रमा बोल्दै आचार्यले देशमा जनयुद्ध नभईदिएको भए नेपालमा गणतन्त्र नआउँने  भन्दै त्यसका लागि द्धन्द्ध पिडीत परिवारलाई राज्यले सम्मान गर्नुपर्ने उल्लेख गर्नुभयो ।
 हरेक नागरिक आफ्ना अधिकारका बारेमा सजग भएको बताउँदै त्यो परिर्वतन पनि माओवादीले ल्याएको उल्लेख गर्नुभयो । त्यस अबसरमा बोल्दै घोराही १४ का अध्यक्ष शक्तिराम डाँगीले समाजमा हरेक  बर्गलाई समेटर आफूले कार्यक्रम ल्याएको उल्लेख गर्नुभयो । आर्थिक, सामाजिक,शैक्षिक  बिषयलाई समेटर कार्यक्रम संचालन गर्दै आएको उल्लेख गर्नुभयो । सो अबसरमा मानव जीवन र जनयुद्धका उपलब्धीका बारेमा निर्मल आचार्य र जातजाती र महिला पुरुषका बिचमा हुने विभेदका बारेमा प्रशिक्षण दिनु भएको थियो । खर्कशिंङ पुनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कृष्ण केसीले गर्नु भएको थियो । 


You need to login to write a comment!

comments

Top