Joshilopost


एमालेको जिल्ला अधिबेशनको दिन दिए जिल्ला सदस्यले राजीनामा 


एमालेको जिल्ला अधिबेशनको दिन दिए जिल्ला सदस्यले राजीनामा 

दाङ । नेपाल कयुनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी सदस्य भिमबहादुर बुढाले पार्टीमा  नबस्ने घोषणा गर्नु भएको छ । पार्टीको १३ जिल्ला अधिबेशनको दिन बुढाले पदमा नरहने घोषणा गर्नु भएको हो । जिल्ला सदस्य बुढाले आज एक विज्ञप्ती जारी गर्दै नेकपा एमाले दक्षिणपन्थी र अबसरवादी पार्टी भएको बताउँदै आफू एमालेमा नबस्ने घोषणा गर्नु भएको थियो । यो पार्टीमा पुराना नेता तथा कार्यकर्ताको  भन्दा पनि अलमझलम  गर्ने नेताहरुको चाकडी गर्नेहरुको मात्र संरक्षण हुने  भएकाले आफू एमालेमा नरहने  घोषणा गर्नु भएको हो । बुढाद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा नेकपा एमाले खराव प्रबृतिका बिरुद्ध लड्नु भन्दा त्यसलाई प्रसय दिनेका काम गर्दै आएको उल्लेख छ । नारायणहिटी ,ललिता निवास जग्गा प्रकरण तथा स्थानिय रुपमा घोराही उपमहानगरपालिकाले बिग्रेका सवारी साधनमा ईन्धन हाल्ने  र वडा नं. १४ मा भएको कल्पु धर्मशाला कुनै जात विशेषका  समुदायलाई मात्र दिएको देख्दा यो कार्य कम्युनिष्ट आँचरण विपरित भएको हुदा पुराना र  ईमान्दार कार्यकर्ता यो पार्टीमा बस्नु उचित नदेखिएको बताउँनु भएको छ । एमालेले आफ्नो बर्गीय धरातल बिर्सेका  कारण निरन्तर नागरिक बनेर  बस्ने निर्णय गरेको छु विज्ञप्तीमा भनिएको छ ।      
 


You need to login to write a comment!

comments

Top