Joshilopost


क्षमताबृद्धि तालिम सकियो  


क्षमताबृद्धि तालिम सकियो  

दाङ । द्धन्द्धपिडीत परिवारका लागि घोराहीमा आयोजना गरिएको दुई दिने तालिम समापन गरिएको छ ।  घोराही उपमहानरपालिका वडा नं. १४ को आर्थिक सहायता र मगरभाषा साहित्य तथा संस्कृतिक प्रतिष्ठान दाङको आयोजनामा गरिएको थियो । तालिम समापन गर्दै गर्दै नेकपा माओवादी केन्द्र घोराही उपमहानगरपालिकाका कोषध्यक्ष दिलकुमारी बुढाले  नेपालमा गणतन्त्र ल्याउँनमा सहिद,वेपत्ता परिवारको ठुलो योगदान रहेको उल्लेख गर्नुभयो । प्रमुख अतिथी बुढाले  द्धन्द्धले नयाँ बस्तुको निर्माण गर्ने भन्दै आबश्यकताको आधारमा देशमा द्धन्द्ध उत्पन्न हुने बताउँनुभयो । अहिले हरेक नागरिक आफ्ना अधिकारका बारेमा सजग भएको बताउँदै त्यो परिर्वतन द्धन्द्ध पछिमात्र प्राप्त भएको उल्लेख गर्नुभयो । सो अबसरमा मानव जीवन र जनयुद्धका उपलब्धीका बारेमा निर्मल आचार्य र जातजाती र महिला पुरुषका बिचमा हुने विभेदका बारेमा प्रशिक्षण दिनु भएको थियो । खर्कशिंङ पुनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कृष्ण केसीले गर्नु भएको थियो । 
 


You need to login to write a comment!

comments

Top