Joshilopost


 सहिद  तथा वेपत्ता परिवारको निशुल्क स्वास्थ्य बिमा

घोराही १४


 सहिद  तथा वेपत्ता परिवारको निशुल्क स्वास्थ्य बिमा

दाङ ।स्थानिय निकायले जनयुद्ध,जनआन्दोलनका सहिद  तथा वेपत्ता परिवारको निशुल्क स्वास्थ्य बिमा गर्ने काम सुरु गरेका छन् । बिमा गर्ने काम घोराही उपमहानगरपालिको वडा नं. १४ र १७ सुरु भएको हो  । आर्थिक बर्ष २०७८÷०८९ मा यी वडाहरुले बजेट व्यवस्थापन गरी उनिहरुको स्वास्थ्य विमा सुरु गरेको घोराही उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो । 
वडामा रहेका द्धन्द्ध पिडीतहरुको तथ्याङक संकलन गरी बिमा गराउँने काम भईरहेको अध्यक्ष डाँगीले जानकारी दिनुभयो । वडा नं १४ मा रहेका १८ घर परिवारका करिब एकसय जनाको बिमा गर्नेकाम जारी रहेको उहाँको भनाई छ । यस्तै वडा नं. १७ मा ३० घर परिवारका एकसय ५० जनाको विमा भईसकेको वडा नं.१७ का अध्यक्ष खुशीराम चौधरीले जानकारी दिनुभयो । अन्य बाकँी भएका  द्धन्द्ध पिडीतको तथ्याङक संकलन गर्ने कार्य दुवै वडाले जारी राखेका छन् । 


बिमा बनाउँदा ५ परिवार बरावर  तीनहजार पाँच सयका दरले रकम बुझाउँनु पर्ने व्यवस्था छ । बाँकी  पाँच जना भन्दा  माथी प्रति व्यक्ति व्यक्ति थपिए  सात सयका दरले विमा  रकम थप्दै जानुपर्ने हुन्छ  । बिमा गरे वाफत विमितहरुले बार्षिक एक लाख रुपैयाँ उपचार खर्च पाउँने वडा कार्यालयले जनाएको छ । कार्यक्रमको उद्घाटन गर्दे वडा अध्यक्ष शक्तिराम डाँगीले वडाको निशुल्क स्वास्थ्य विमा कार्यक्रमले  सहिद  तथा वेपत्ता परिवारको स्वास्थ्य उपचारमा गर्न सहयोग पुग्ने बताउँनुभयो । कार्यक्रममा पूर्व जनमुक्ति सेनाका घाईते सहदेव थारु (विहानी)  लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको संचालन वडा नं. १४ का सचिव तिलराम डिसीले गर्नु भएको थियो ।    
 


You need to login to write a comment!

comments

Top