Joshilopost


थारु गाउँमा पैसेरु नाँच 


थारु गाउँमा पैसेरु नाँच 


दाङ ।   पैसेरु नाँच संरक्षणको काम सुरु भएको छ । साबिक राप्तीका रोल्पा,रुकुम,सल्यान सहितका अन्य जिल्लामा नाचिँने यो नाँच संरक्षण गर्न सुरु गरिएको हो ।  मगर समुदायमा प्रचलित पैसेरु नाँच दाङमा बस्दै आएका  थारु,मुस्लिम र मधेसी समुदायलाई यो  नाँच सिकाउँन थालिएको हो । यो कामको थालनी घोराही उपमहानगरपालिका वडा नं.१४ ले सुरु गरेको हो । रोल्पाबाट यो  नाँचका अगुवा वोलाई मगरभाषा साहित्य संस्कृति प्रतिष्ठानले घोराहीको झिगौरामा तालिम प्रदान गरी नाँच सिकाउँन थालेको । थारु,मगर,मुस्लिम,मधेसी गरी दश/ दश जनाको  महिला पुरुष दुवैको  छुट्टाछुट्टै समुह बनाई दैनिक नाँच्नेकाम भईरहेको छ ।

 ७ दिन सम्म संचालन हुने तालिमको घोराही १४ का अध्यक्ष शक्तिराम डाँगीले उद्घाटन गर्नु भएको । तालिम उद्घाटन गर्दे वडा अध्यक्षले  दाङमा लोप हुन थालेको यो नाँच बचाउँनु सबै समुदायको कर्तव्य हुने वताउँनुभयो । चाडपर्व, कला संस्कृति भेषभुषा कुनै  समुदायको मात्र नहुने भन्दै यस्ता कला संस्कृतिको जर्गेना गर्न सके हाम्रो लोकपरम्परा  संरक्षण हुने उल्ल्लेख गर्नुृभयो । मगरभाषा साहित्य संस्कृति प्रतिष्ठानका अध्यक्ष कृतिमान पूनको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टर दाङका सचिव जनक नेपाली, थारु अगुवाहरु बलवहादुर चौधरी, लालबहादुर चौधरी लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको संचालन भिमकुमारी पुनले गर्नु भएको थियो । 
         
 


You need to login to write a comment!

comments

Top