Joshilopost


बालमन्दिरका बिद्यार्थीले पाए कापी 


बालमन्दिरका बिद्यार्थीले पाए कापी 


दाङ । घोराहीको बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थीले कापी पाएका छन् ।  शिशु कक्षा देखि कक्षा ५ सम्मका विद्यार्थीले कापी पाएका हुन । बालउत्थान तथा  महिला  सचेतना  युवा क्लब दाङका पूर्व अध्यक्ष दलबहादुर बस्नेत विद्यालयमा अध्ययनरत छात्र–छात्रालाई  पाँच हजार सयसय थान कापी  वितरण गर्नु भएको हो ।  उहाँले बिद्यायलमा अध्ययन गर्दै आएका अपाङ,दलित,गरिव र जेहेन्दार विद्यार्थीहरुलाई संयुक्त रुपमा प्रदान गर्नु भएको थियो । उक्त कापी विद्यालयका करिब दुई सय छात्र छात्राले प्राप्त गरेका थिए । कापी वितरण गर्दे बिद्यालयका प्रधानध्यापक विष्णु भण्डारीले  शैक्षिक प्रयोजनका यो कापीले सहयोग गर्ने बताउँनुभयो । कापी वितरणमा शिशु कक्षा देखि कक्षा ५ सम्मका शिक्षक ,शिक्षिकाको सहभागिता थियो ।  


You need to login to write a comment!

comments

Top